महालक्ष्मी विकास बैंकको सहयोग
काठमाडौं– महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बैंकले अपांगता भएका व्यक्तिको बैंकिङ कारोबारलाई थप सहजीकरण गर्न उपलब्ध स्रोत साधनको अधिकत्तम प्रयोग गरी बैंकको दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्न प्रयास गर्ने बताइएको छ ।
साथै अपांगता भएका व्यक्तिहरुलाई सहज सेवा प्रदान गर्न दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रुपमा खटाइएको छ । साथै संयुक्त राष्ट्र संघ तथा नेपाल सरकारले तय गरेको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार’ लाई आत्मसात गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अपाङ्गता संरक्षण नेपालसँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहीनलाई सेतो छडीलगायतका सामग्री वितरण गरिएको छ ।
यस किसिमका कार्यबाट अपाङ्गता भएकाहरुको सहज जीवन यापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।