टिभिएसको ‘म्याक्स सेमी ट्रेल १२५’ नेपाली बजारमा

जगदम्बा मोटर्स प्रालिले टिभिएस म्याक्स सेमी ट्रेल मोटरसाइकलको बिक्री सुरु गरेको छ । १२५ सिसीको उक्त मोटरसाइकल कम्पनीका उपाध्यक्ष दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं पिपिएल च्याम्पियन टिम चितवन राइनोजका कप्तान पारस खड्काले सार्वजनिक गरे ।
१४.५ लिटरको इन्धन ट्यांकी रहेको मोटरसाइकलले अत्यधिक माइलेज दिने कम्पनीको दाबी छ । यसको बजार मूल्य रु.२, ३९, ९०० कायम गरिएको कम्पनीले जनाएको छ ।