सुनचाँदीकै मूल्य बढ्यो
काठमाडौं– बुधबार सुनचाँदीकै मूल्य बढेको छ ।
छापावाला सुनको मूल्य एक सय रुपैयाँले बढेर तोलाको एक लाख ५० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै बुधबार चाँदीको मूल्य २० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।