Logo

लेखनाथ महोत्सव पुस १८ देखि

पोखरा– पोखरा–२७ को तालचोकमा आगामी पुस १८ देखि माघ १ गतेसम्म लेखनाथ महोत्सव आयोजना हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुने महोत्सवमा ३३६ वटा स्टल रहने आयोजकले जनाएको छ ।

१९ वर्ष अघि सुन्तला महोत्सवबाट सुरु भएको महोत्सव समय सन्र्दभ अनुसार परिस्कृति र परिमार्जित गर्दै यस वर्ष पनि विभिन्न कार्यक्रमसहित महोत्सव मनाउने तयारीमा जुटेको संघका अध्यक्ष एवं महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले बताए । विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनले बताए ।

अध्यक्ष श्रेष्ठले स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन, हस्तकलाका वस्तुहरुकोे बजार प्रवर्द्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, आवश्यक ज्ञान, सीप, र प्रविधि हस्तान्तरण, उद्यमशिलता, सृजनशिलतामा जोड दिने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्