एभरेष्ट कलरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं– एभरेष्ट कलरले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । नेपालमा नै पहिलो पटक रंग उद्योगको तर्फबाट आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।
एक कार्यक्रमका बीच एभरेष्ट कलरका प्रबन्ध सञ्चालक सरोज लुईटेल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । एभरेष्ट कलरद्वारा तीन करोड ९० लाख सेयर पुँजी बराबरको ५० रुपैयाँ अंकित दरको ७ लाख ८० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
उक्त कम्पनीलाई केयर रेटिङस नेपालले केयर एनपी बीबी रेटिङ प्रदान गरेको छ । कम्पनीले विभिन्न गुणस्तर तथा प्रकारका बाह्य र आन्तरिक इमल्सन पेन्ट्स र प्राइमर, इनामेल पेन्ट्स, काठ र धातु प्राइमर, एक्रेलिक डिस्टेम्पर, आल्युमिनियम पेन्ट्स, वाल पुटिङ तथा औद्योगिक पेन्ट्सहरु उत्पादन गर्दै आएको छ ।