Logo

युनाइटेड सिमेन्ट्सको सीप विकास तालिम

काठमाडौं– युनाइटेड सिमेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–९ को सहकार्यमा ५१ जना स्थानीय महिलाका लागि तीन महिने सिलाई कटाई प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रमको उद्देश्य महिलालाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउनु रहेको बताइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै युनाइटेड सिमेन्ट्सका महाप्रबन्धक हरि उप्रेतीले कम्पनीले जहिले पनि व्य वसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने भएकाले यस्ता तालिमले महिलामा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न मद्दत पुर्‍याउने बताए ।

धुनिवेशी नगरपालिका–९ का वडाध्यक्ष माधवप्रसाद सिलवालले युनाइटेड सिमेन्ट्साई धन्यवाद व्यक्त गर्दै महिलालाई लक्षित गर्दै सञ्चालन गरिएको तालिम कार्यक्रमले उनीहरूको जीवनस्तर सुधार्न र आर्थिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्