Logo

हिमालयन एभरेष्टले मनायो ३१औं वार्षिकोत्सव

काठमाडौं– हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ । कम्पनीले नेपालको निर्जीवन बीमा क्षेत्रलाई आधुनिक बनाउँदै उत्कृष्ट सेवा प्रवाह गर्दै आएको दावी गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपालको बीमा क्षेत्रको विकासमा महत्त्वपूर्ण खम्बाको रूपमा रहेको बताइएको छ ।

समयसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमाको दायरा फराकिलो बनाउँदै, जोखिम व्यवस्थापनको क्षमता विस्तार गर्दै र ग्राहक सेवामा नवीनता थप्न सफल भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले व्यक्तिगत, कर्पोरेट तथा कृषि बीमा उपलब्ध गराउँदै आएको छ । व्यक्तिगत बीमा अन्तर्गत सवारी साधन बीमा, व्यक्तिगत दूर्घटना बीमा र यात्रा बीमा रहेका छन् भने कर्पोरेट बीमा अन्तर्गत भवन बीमा, उद्योग, समुन्द्रिक, हवाई र इन्जिनियरिङ बीमा सेवा समावेश छन् ।

त्यसैगरी कृषि बीमाअन्तर्गत गाईवस्तु र बाली बीमा रहेका छन् । कम्पनीले डिजिटल माध्यमबाट बीमा को दावी सजिलै गर्न मिल्ने ‘स्मार्ट क्लेम’ सेवा पनि उपलब्ध गराएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले हालै सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल र स्ट्राटेजिक पार्टनरशिप अफ द इयर–नेपाल गरी दुई अवार्ड जित्न सफल भएको थियो । कम्पनीले आगामी वर्षमा थप नयाँ प्रविधिले बीमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने योजना बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्