नेपाल एसबिआई मर्चेण्टको अध्यक्षमा विकास आनन्द
काठमाडौं– नेपाल एसबिआई मर्चेण्ट बैकिङको सञ्चालक समितिको अध्यक्षमा विकास आनन्द चयन भएका छन् । मर्चेण्टको सञ्चालक समिति बैठकले आनन्दलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको छ ।
आनन्द नेपाल एसबिआई बैंकको प्रमुख सञ्चालन अधिकृत रही बैंकको केन्द्रीय सञ्चालन, मानव संशाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानुनलगायतका मामिला हेर्छन् । आनन्द सञ्चालको रुपमा नियुक्त भएपश्चात उनले कम्पनी ऐन बमोजिम पद तथा गोप्यताको शपथ लिएका छन् ।
कार्यक्रममा मर्चेण्टका सञ्चालकहरु राजेशकुमार पण्डा, छपिराज पन्त, नन्दन हरि शर्मा, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल तथा कम्पनी सचिव खगेश्वर भट्टलगायत उपस्थित थिए ।