कम्प्युटर अपरटेर १५ हजार घूससहित पक्राउ «

कम्प्युटर अपरटेर १५ हजार घूससहित पक्राउ

वीरगञ्ज- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका कम्प्युटर अपरेटरलाई रंगे हात घूससहित पक्राउ गरेको छ । करारमा नियुक्त भएका महानगरपालिकाका कम्प्युटर अपरेटर राकेश कुमार जयसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले सोमबार कार्यालयबाट घूससहित पक्राउ गरेको हो ।
पक्राउ परेका वीरगञ्ज महानगरपालिका वडा नं. ४ निवासी जयसवाल वीरगञ्ज महानगरपालिकाको कम्प्युटर अपरेटरको रुपमा करारमा नियुक्त भएका थिए । जयसवालले वीरगञ्ज महानगरपालिकाको वडा नं.–३० स्थित उपभोक्ता समिति मार्फत सडक ढलानको सम्पन्न गरेपछि भुक्तानी दिएबापत सेवाग्राहीसँग घूस मागेका थिए । सोही घूस रकम सेवाग्राहीसँग लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका सूचना अधिकारी शिव रेग्मीले जानकारी दिए । जयसवालले लिएको रकम लेखा अधिकृत राउतको कार्यकक्षको सोफाबाट बरामद भएको थियो । जयसवालले सेवाग्राहीसँग घूस माग्ने गरेको गुनासा धेरै आएपछि निगरानी गरिएको अख्तियारको एक कर्मचारीले वताए । पक्राउ परेका जयसवालले लिएको पैसा अख्तियारको टोलीले रुजु गर्न थालेपछि रुँदै आपूmलाई फसाएको बताएका थिए । समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरुले फोटो खिच्न थालेपछि उनी झन् भक्कानिए । उनले रुँदै भने, “मेरो साना साना बालबच्चा छन् । मैले केही गरेको छैन । मलाई फसाएको हो ।”

प्रतिक्रिया दिनुहोस्