Logo

डीएचएन इन्टरप्राइजेजको लक्की ड्र

पोखरा– प्रिमियम ब्राण्डका एसोसरिजहरुको गण्डकीका लागि आधिकारिक बिक्रेता डीएचएन इन्टरप्राइजेजले आफ्ना ग्राहक व्यवसायीलाई लक्षित गरी लक्की ड्रमार्फत् ४ वटा स्कुटर हस्तान्तरण गरेको छ ।

स्कुटरहरु एक लाख भन्दा बढी मूल्यका पाटपूर्जा किनेका व्यवसायीलाई लक्की ड्रमार्फत् हालै पोखरामा आयोजित समारोहमा हस्तान्तरण गरेको हो ।

स्कुटर विजेताहरुमा स्याङ्जाका सुकुल अलिमिया, तनहुँको भिमादका उत्तम सुवेदी, पोखरा बेगनासतालका सन्दिप तिमिल्सिना, लाजुङको दुलेगौंडाका हेमराज पुन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्