एनसीएचएलको डेप्युटी सीईओमा सैंजु नियुक्त
काठमाडौं– नेपाल क्लियरिङ हाउसको डेप्युटी सीईओमा नीरज मान सैंजु नियुक्त भएका छन् । सैंजुसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकलगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य अनुभव रहेको बताइएको छ ।
उनको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाईमा लान महत्त्वपूर्ण योग्दान पुग्नेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ । एनसीएचएलले आफ्नो १२६ भन्दा बढी कर्मचारीमार्फत ५३ सदस्य बैंक तथा वित्तीय संस्थालाई एनसीएचएल ईसीसी, एनसीएचएल इसीसी, एनसीएचएल आईपीएस, रियल पेमेन्ट स्वीच र कनेक्ट आइपीएसलगायत सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।
साथै यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पीएसओ, सरकारी तथा अर्ध–सरकारी संस्था लगायत १०० भन्दा बढि इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन् । हाल एनसीएचएलले एनपीएसअन्तर्गत नेशनल कार्ड स्वीच र नेपाल पे कार्ड पनि कार्यान्वयन गर्ने क्रममा रहेको बताइएको छ ।