ईसेवा मनि ट्रान्सफरको सद्भावना दूतमा पुन: ऐरी
काठमाडौं– ईसेवा मनि ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई पुन: अनुबन्ध गरेको छ ।
विगत एक वर्षदेखि ईसेवाको ब्रान्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका ऐरीसँगको सम्झौताको अवधि पुन: थप गरिएको हो । सो सम्बन्धी सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र ऐरीबीच पुन: ब्रान्ड प्रवर्द्धक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा ब्रान्ड प्रवर्द्धक ऐरीले ईसेवासँगको यात्रालाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गरे ।
सम्झौताअनुसार ऐरीले ईसेवा मनि ट्रान्सफरले प्रदान गरिरहेको डिजिटल रेमिट्यान्स सेवाको प्रचार गर्दै ‘ब्राण्ड प्रवर्द्धक’ को रुपमा कार्य गर्ने छन् । प्रमुख कार्यकारी अधिकृत कोइरालाले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका प्रमुख खेलाडी ऐरी जस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्रान्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैंमा गर्वको विषय भएको बताए ।