Logo

लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेल

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)का लागि एनसेलले लुम्बिनी लायन्स क्लबको मुख्य प्रायोजन गर्ने भएको छ । आइतबार आयोजित कार्यक्रममा एनसेलले लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो ।

उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्सलगायत अन्य अन्तर्राष्ट्रिय खेलाडी उपस्थित थिए । यो साझेदारीले लुम्बिनी लायन्स क्लबको आगामी सिजनमा थप ऊर्जा र उत्साह भर्ने अपेक्षा गरिएको छ ।

उक्त कार्यक्रममा मुख्य प्रायोजन सम्बन्धमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले हस्ताक्षर गरेका छन् । साथै कार्यक्रममा लुम्बिनी लायन्सले एनपीएलमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो ।

क्रिकेटलाई सामाजिक कार्यसँग जोड्दै एनसेल फाउन्डेसनले हालै मात्र एनपीएलमा हानिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई चार वटा एजुकेशनल किट प्रदान गर्ने घोषणा गरेको थियो ।

एनसेललेलामो समयदेखि नेपाली समुदायको विकास र सशक्तीकरणमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । लुम्बिनी लायन्स क्लबको मुख्य प्रायोजकको रूपमा यो सहकार्यले नेपाली खेलकुदको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने, नेपाली क्रिकेटको विकास गर्ने र युवा प्रतिभाको प्रोत्साहनमा ठोस योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

यो एनपीएलमा लुम्बिनी लायन्सको पहिलो खेल बुधबार हुँदैछ । शनिबार सुरु भएको यो एनपीएल पुस ६ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुँदैछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्