गरिमा विकास बैंकको सिमरा शाखा «

गरिमा विकास बैंकको सिमरा शाखा

गरिमा विकास बैंकले सोमबार जितपुरसिमरा उपमहानगरपालिका–२, सिमरामा स्थापित सिमरा शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगन्जका निर्देशक राजन विक्रम थापाले गरेका हुन् ।
कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक भुपेन्द्रबहादुर खड्काले बारा जिल्लाको औद्योगिक नगरी सिमरामा खोलेको विकास बैंकको सिमरा शाखाले त्यस क्षेत्रको औद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताए । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सम्पूर्ण आधुनिक सुविधासहित स्थापना गरिएको सिमरा शाखाबाट विकास बैंकले ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रवाह गर्ने बताए । साथै, उहाँले विकास बैंकले सदैव संस्थागत सुशासनलाई उच्च महत्व दिँदै अगाडि बढेको कारणबाट नै देशको उत्कृष्ट विकास बैंकका रूपमा स्थापित हुन सफल भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्