सानिमा बैंकको ‘नयाँ वर्षमा डबल सौगात’ अफर «

सानिमा बैंकको ‘नयाँ वर्षमा डबल सौगात’ अफर

सानिमा बैंक लिमिटेडले नयाँवर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई विशेष योजना स्वरूप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरूलाई लक्षित गर्दै तीन दिनका लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङलगायतका डिजिटल बैंकिङ सेवाहरूमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको पनि बैंकले जनाएको छ ।
साथै, ग्राहकहरूले दुवै सुविधा एकैसाथ उपभोग गर्दा १ सय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउने भन्दै बेकले यो योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० (पुस १५ देखि १७, २०७६) सम्मका लागि लागू गरिएको पनि जनायो ।

प्रतिक्रिया दिनुहोस्