Logo

रिलायन्स फाइनान्सले लुम्बिनी लायन्सलाई प्रायोजन गर्ने

काठमाडौं– रिलायन्स फाइनान्सले नेपाल प्रिमियर लिग (एनपीएल) को लुम्बिनी लायन्स फ्रेन्चाइजसँग प्रायोजन सम्झौता गरेको छ । रिलायन्स फाइनान्सले लुम्बिनी लायन्ससँग आधिकारिक वित्तीय साझेदारको रूपमा सहभागिता जनाउने भएको हो ।

सो सम्बन्धी सम्झौतापत्रमा फाइनान्सका सीईओ समाज प्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाले हस्ताक्षर गरेका छन् । लुम्बिनी लायन्स फ्रेन्चाइजको नेतृत्व नेपाल राष्ट्रिय टोलीका कप्तान रोहित पौडलले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्