Logo

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम

काठमाडौं– प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले विराटनगरमा एक दिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा भएको कार्यक्रममा करीब एक सय जना उपस्थित थिए ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका प्रतिनिधि राजेन्द्र पाठकले दैनिक जीवनका जोखिम, जोखिम व्यवस्थापनमा बीमाको महत्त्वका साथै लघुबीमाको आवश्यकता र हाल प्रोटेक्टिभले प्रचलनमा ल्याएका लघुबीमालेखको बारेमा जानकारी दिए ।

धनगढी कैलालीमा मुख्य कार्यालय रहेको कम्पनीले कोशी प्रदेशको इटहरी, विराटनगर, उर्लावारी र विर्तामोडमा शाखा सञ्जाल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्