Logo

एनसीएचएल र क्यानबीच साझेदारी

काठमाडौं– क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान) र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल प्रिमियर लिग (एनपीएल) को अफिसियल अम्पायर साझेदारको रूपमा नेपाल पेको आफ्नै क्यूआर हुनेगरी साझेदारी भएको छ ।

उक्त साझेदारीको घोषणा क्यानका सचिव पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले गरेका छन् । नेपालको पहिलो क्रिकेट लिग एनपीएल शनिबारदेखि कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको छ । राष्ट्रियस्तरको भुक्तानीका पूर्वाधार प्रदान गर्दै आएको एनसीएचएलले नेपाली क्रिकेटलाई समर्थन गर्न नेपाल पे क्यूआरमार्फत एनपीएलमा औपचारिक रुपमा आवद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्