ज्योति विकास बैंक र ह्युमर फिटनेस तथा जिमबीच सम्झौता
काठमाडौं– ज्योति विकास बैंकले काठमाडौंस्थित ह्युमर फिटनेस तथा जिमबीच छुट दिने सम्झौता भएको छ । सम्झौतासँगै बैंकका ग्राहकहरूले उक्त फिटनेस एन्ड जिममा १० प्रतशितसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
आधुनिक मेसिन तथा गुणस्तरीय सेवा र ट्रेनरसहितको ह्युमर फिटनेस तथा जिमले स्वस्थ जीवनशैली र व्यायामलाई महत्त्व दिँदै सेवा प्रवाह गर्दै आएको छ । हालै बैंकले काठमाडौंस्थित सूर्यकिरण फाइबरमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
यसका साथै बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै देशका विभिन्न व्यवसायसँग सहकार्य गर्दै ग्राहकलाई छुट सुविधा प्रदान गर्दै आएको छ ।