कारोबारकर्मी कुँवरलाई सेजन अवार्ड
काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले दिने छापा माध्यमतर्फ उत्कृष्ट आर्थिक पत्रकार पुरस्कार २०८१ कारोबारकर्मी कौशिला कुँवरले पाएकी छिन् ।
मोबाइल भ्यान बेवारिसे सम्बन्धी निरन्तर कलम चलाएबापत कुँवरलाई सेजन अवार्ड दिइएको हो । यस्तै, यस वर्षको उत्कृष्ट सेजन अवार्ड पत्रकार शरद ओझाले प्राप्त गरेका छन् भने भागवत भट्टराई र कमल धितालले पनि अन्य विधामा अवार्ड पाएका छन् ।
सेजनको २८ औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पुरस्कृत सबैलाई अवार्ड प्रदान गरे । पुरस्कारको राशि पचास हजार देखि एक लाख रुपैयाँसम्म रहेको छ ।