Logo

सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आइएमई

काठमाडौं– ग्लोबल आइएमई बैंकले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने टोली सुदूरपश्चिम रोयल्सलाई मुख्य प्रायोजन गर्ने भएको छ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका अध्यक्ष स्वतन्त्रप्रताप शाहले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । बैंकका डेपुटी सीईओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे । शाहले रोयल्सको एनपीएल यात्रामा सहकार्य गर्ने उद्देश्यले बैंक जोडिएकोमा बैंकलाई धन्यवाद दिए ।

क्यानको आयोजनामा ८ टोलीको सहभागितामा शनिबारदेखि पुस ६ गते सम्म एनपीएल सुरु भएको छ । सुदूरपश्चिमको मार्की खेलाडीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा रहेका छन् । सुदूरपश्चिमले मंसिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ ।

सुदूरपश्चिमको टिममा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनाष बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड) र रोहन मुस्तफा (यूएई) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्