सिटी होटलले हकप्रद सेयर जारी गर्ने
काठमाडौं– सिटि होटल (हयात प्लेस) ले हकप्रद सेयर जारी गर्ने भएको छ ।
सञ्चालक समितिको बैठकले कम्पनीको बहाल रहेको चुक्ता पुँजीको १ बराबरको ०.८ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
यस सम्बन्धमा आगामी वार्षिक साधारण सभामा स्वीकृतीको प्रस्ताव पेश गरिनेछ ।