Logo

ज्योति विकास बैंक र इ रिभल्भिङ इण्डियन कुजिङ रेष्टुरेन्टबीच सम्झौता

काठमाडौं– ज्योति विकास बैंकले काठमाडौंस्थित इ रिभल्भिङ इण्डियन कुजिङ रेष्टुरेन्टसँग आफ्ना ग्राहकलाई छुट दिनेबारे सम्झौता गरेको छ ।

सम्झौतासँगै बैंकका ग्राहकले उक्त रेस्टुरेन्टमा १० प्रतिशतसम्म छुट पाउने छन् । स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा एक सुस्त घुमाउरो घुम्ने विशेषताका कारण, काठमाडौंको न्युरोडमा यसले सेवा दिइरहेको छ ।

बैंकले हालै काठमाडौंस्थित विभिन्न सेवा प्रदायक र निकायसँग पनि सम्झौता गरेर आफ्ना तिनीहरुका सेवामा आफ्ना ग्राहकलाई सोवा दिँदै आएको छ । बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्य गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्