Logo

लुम्बिनी लायन्सलाई हाइलाइफको साथ

काठमाडौं– हाइलाइफ एग्रोले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सलाई प्रायोजन गरेको छ । लुम्बिनी लायन्सको प्रायोजनले नेपाली क्रिकेटलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा उत्थान गर्ने विस्वास दिएको कम्पनीको भनाइ छ । क्रिकेटको उत्साह र स्वस्थ जीवनको मूल्यलाई मान्यतालाई सँगै ल्याउन हातेमालो गरेको कम्पनीले जनाएको छ ।

लुम्बिनी लायन्सलाई सहयोग गर्नुले नेपाली प्रतिभाको पालनपोषण गर्ने कम्पनीको विश्वासलाई अझा गाढा बनाएको बताइएको छ । हाइलाइफ एग्रोले नेपालको खाद्य उद्योगको नेतृत्व गर्दै उच्च गुणस्तरको नास्ता अनाज र परम्परागत चिउरामा विशेषज्ञता हासिल गरेको छ । एक विश्वसनीय नेपाली ब्रान्डको रूपमा हाइलदाइफले आफ्ना उपभोक्ताको माया कमाउँदै प्रसिद्ध अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्दै आएको दावी गरेको छ ।

पोषणप्रति हाइलाइफको प्रतिबद्धता फिटनेस र सक्रिय जीवनशैलीको प्रवर्द्धनसँग पूर्ण रूपमा पंक्तिवद्ध छ । लुम्बिनी लायन्स क्रिकेट टोलीलाई प्रायोजन गर्नुले खेलकुदको माध्यमबाट स्वास्थ्यलाई बढावा दिने हाइलाइफको समर्पणको प्रतीक रहेको कम्पनीको दावी छ । क्रिकेटमार्फत, हाइलाइफले नेपाली युवालाई फिटनेस र टिमवर्कमा उर्जा र प्रेरित गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्