Logo

एलजीको रोडशो नेपाल अधिराज्यभर

एलजीले नेपाल अधिराज्यभर रोड शो सुरु गरेको छ । यस रोड शोमा एलजी काइनोभेटिभ प्रोडकहरूको डिस्पेल्य साथ साथै डेमो पनि गरिरहेको छ । यस रोडशो को मूल्यआकर्षण वासिङ मेसिन, टिभी र एसी रहेको छ । भक्तपुरदेखि सुरु भएको रोड शो बाग्लुङ, पोखरा हुँदै महेन्द्रनगरबाट नारायणघाट हुँदै काँकडभिट्टासम्म हुने कम्पनीले जनाएको छ ।
यस रोड शोको मुख्य उद्देश्य एलजीको वासिङ मेसिनको डेमो रहेको छ । जसमा एलजीको ८ केजीको वासर ड्रायर वासिङ मेसिनबाट डेमो दिने कम्पनीले जनाएको छ । एलजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक बिक्री हुने गरेको छ र यस रोड शोबाट वासिङ मेसिन सञ्चालन तथा यसका फाइदाहरूको बारेमा ग्राहकहरूलाई जानकारी गराउने उद्देश्य रहेको भन्दै कम्पनीले एलजीको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्गर्तत सीजी इम्पेक्स प्रालि रहेको पनि स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्