१६ सय बढ्यो सुनको मूल्य
काठमाडौं- शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो ।
शुक्रबार सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार चाँदी तोलामा ४५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।