शेयर बजारमा आज साढे ८ अर्बकाे कारोबार
काठमाडौं– शेयर बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार आठ दशमलव ३० अंकले घटेर दुई हजार सात सय ४८ दशमलव शून्य पाँच बिन्दुमा झरेको हो ।
बिहीबार तीन सय सात वटा कम्पनीका एक करोड ६६ लाख कित्ता शेयर आठ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ । बिहीबार विकास बैंक, जीवन बीमा र लगानी बाहेक सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।
बिहीबार मानुषी लघुवित्त कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन विशाल बजार कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले बढेको छ ।