नेपाल बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजबीच सम्झौता
काठमाडौं– नेपाल बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजबीच छुट दिनेबारे सम्झौता भएको छ ।
सम्झौतासँगै बैंकका कर्मचारी र आफ्ना ग्राहकलाई काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट प्रदान गर्ने बताइएको छ ।
सम्झौता पत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजका अध्यक्ष रुपनारायण शाहले हस्ताक्षर गरेका छन् । यसबाट बैंकका कर्मचारी र ग्राककले विभिन्न स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्ने बताइएको छ ।