ग्लोबल आइएमई बैंकको सहयोग
काठमाडौं– ग्लोबल आइएमई बैंकले बाँकेको कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई उक्त सहयोग हस्तान्तरण गरिन् ।
कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विद्युतीय शवदाह गर्नका लागि कोहलपुर–११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विद्युतीय शवदाह गृह निर्माणको काम सुरु भइरहेको कार्यवाहक नगर प्रमुख सुवेदीले बताइन् ।
साथै, बैंकका लुम्बिनी प्रदेश प्रमुख सिवाकोटीले बैंकको सहयोगले वातावरणीय असर कम हुने विश्वास लिएको बताइन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजना छनौट गरी काम गरिरहेको जनाएको छ ।