सिद्धार्थ बैंक र एनसीएचएलबीच सम्झौता
काठमाडौं– सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउसबीच बैंकले दर्ता गरेका नेपाल पे मर्चेन्टको क्यूआरमा अलि पे प्लसको नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको छ ।
विशेष गरी चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटलीलगायतका देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका स्वतन्त्र भुक्तानी क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
यो सम्झौताले अन्तर्राष्ट्रिय भुक्तानीलाई सरल र छरितो बनाउने भएकोले, नेपाल आउने पर्यटकलाई सहजता पुर्याउने बताइएको छ । यस सुविधाले पर्यटन व्यवसाय, होटल, रेष्टुरेन्ट, पसल तथा अन्य सेवामूलक क्षेत्रका व्यवसायीलाई थप प्रोत्साहन दिइ आर्थिक कारोबारलाई पनि सहज र सुरक्षित बनाउने विस्वास लिएको एनसीएचएलले जनाएको छ ।