Logo

नेशनल लाइफको मिट द सीईओ कार्यक्रम

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्तालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न गरेको छ ।

बागतमी प्रदेशबाट योग्य भएका करिब ११० जना अभिकर्ता, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पूरा गर्ने अभिकर्तालाई मायाको चिनो प्रदान गरेका थिए ।

साथै स्किमा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्तालाई विशेष सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्