पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन माग «

पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारसँग माग गरेको छ । काठमाडौंमा सम्पन्न उच्च कार्यसम्पादन समितिको बैठकपछि जारी प्रेस विज्ञप्तिमा राप्रपा (संयुक्त) ले यस्तो माग गरेको हो ।
वैकल्पिक राष्ट्रवादी तथा प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित हुनेतर्फ आगामी कार्यदिशा तय गर्न पार्टीले कार्यदल गठन गरेको छ । केन्द्रदेखि वडासम्म संगठन सुचारु गर्ने र समान विचार, कार्यक्रम भएका दलहरुसँग एकता, सहकार्य वा मोर्चा कायम गर्ने निर्णय पार्टीले लिएको छ । उपनिर्वाचन र जनकपुर–लुम्बिनी पहिचान यात्राको विश्लेषण गर्न पनि कार्यदल गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्