बिवाइडीले नेपालमा डेलिभरी गर्यो १०० विद्युतीय गाडी
काठमाडौं– बिवाइडीको ३० औं वार्षिकोत्सव र १ करोड एनइभी विश्वव्यापी उत्पादनका अवसरमा बिवाइडी र साइमेक्स इन्कले नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गर्दै अर्को ठूलो उपलब्धि हासिल गरेको छ । यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउँदै हरित भविष्यप्रतिको बिवाइडीको प्रतिबद्धता देखाएको बताइएको छ ।
यस उपलब्धिले बिवाइडीको विश्वव्यापी अटोमोटिभ इन्डस्ट्रीमा भएको क्रान्तिकारी नेतृत्व र नेपालमा यसको बढ्दो प्रभावलाई झल्काउँछ वार्षिकोत्सवको अवसरमा १०० विद्युतीय गाडी डेलिभरीले नेपालको दिगो यातायात समाधानप्रतिको रुचि र बिवाइडीको प्रविधिमाथि ग्राहकहरूको विश्वास प्रस्ट्याउँछ । विश्वव्यापी रूपमा बिवाइडी १ करोड एनईभी उत्पादन गर्ने पहिलो गाडी निर्माता बनेको छ जसले नवप्रवर्तन, दिगोपन र शून्य उत्सर्जन तर्फको भविष्यप्रतिको प्रतिबद्धता प्रमाणित गर्दछ ।
नेपालले हरित भविष्य अंगाल्दै गर्दा साईमेक्स इन्कले बिवाइडीका बिवाइडी अटो ३, बिवाइडी डल्फिन र बिवाइडी सिल जस्ता आधुनिक मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यी गाडीमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्चस्तर र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकको रोजाइमा परेका कम्पनीको भनाइ छ ।