कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
काठमाडौं– कुमारी बैंकले मोरङको बेलबारी नगरपालिकामा उद्यमी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
युएसएडसँगको साझेदारीमा उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको बैंकले बेलबारी नगरपालिकासँगको समन्वयमा उद्यमीको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सपन्न गरेको हो ।
वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको बैंकले यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरि उद्यमी प्रशिक्षण आयोजना गरिएको हो ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरुको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।