एमएडब्लू हायर पर्चेजलाई उत्कृष्ट करदाताको सम्मान
काठमाडौं– आन्तरिक राजस्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेजलाई यस वर्षको उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ । कार्यलयले १३औं राष्ट्रिय कर दिवस एवम् कर सप्ताहको समापन समारोहमा एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो ।
कार्यालयका प्रमुख कर अधिकृत भूपालराज शाक्य र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कम्पनीका महप्रबन्धक प्राणनाथ भट्टराईलाई उत्कृष्ट करदाताको प्रमाणपत्र प्रदान गर्दै उक्त सम्मान प्रदान गरेका थिए । नेपाल राष्ट्र बैंकको इजाजतपत्र अनुसार वि.सं. २०६८ मा स्थापना भएको एमएडब्लू हायर पर्चेजले ग्राहकलाई सजिलो र झन्झटमुक्त हायर पर्चेज समाधान उपलब्ध गराउँदै आएको छ ।
एमएडब्लू इन्टरप्राइजेजको सहायक कम्पनीको रूपमा स्थापित कम्पानीले एक अग्रणी हायर पर्चेज फाइनान्सिङ कम्पनीका रूपमा साना र मझौला कम्पनीका उद्यमीलाई व्यावसायिक सवारी साधन र भारी उपकरणको फाइनान्सिङ सेवा प्रदान गरेर उनीहरूका वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्दै आएको छ ।