Logo

सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शुक्रबार बसेको संचालक समितिको ४६९औं बैठकले प्रमेश राज कायस्थलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

करिव १४ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका कायस्थ हाल बैंकको प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन् ।

वित्त व्यवस्थापन, रणनीतिक योजना तथा धितोपत्र बजार सम्बन्धी विषयमा उनको दक्षता रहेको छ । हाल उनी बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडको संचालक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्