मंगल ग्रहमा किन पुग्न सकेनन् मानिस ?

वासिङ्टन-पछिल्लो समयम्म आइपुग्दा विज्ञानको क्षेत्रमा ठूलै प्रगति भइसकेको छ, तर आज पनि यस्ता कैयौं विषयवस्तु छन्, जसले मानिसलाई सधैं चुनौती दिइरहेका छन् । यस्तै चुनौतीमध्येको एक हो— मानिस रातो ग्रह अर्थात् मंगल ग्रहमा पुग्न नसक्नु । यसका पछाडि धेरै कारण छन्, जसका बारेमा अन्तरिक्ष एजेन्सी नासाले जानकारी गराएको छ ।
नासाले गत वर्ष मंगल ग्रहमा मानिस जानका लागि हुने मुस्किलको एउटा सूची बनाएको थियो । यी कठिनाइहरूमा मंगल ग्रहमा विकिरण, पृथ्वीबाट लामो दूरी, गुरुत्वाकर्षण र त्यहाँको बन्द वातावरण रहेका छन् ।
मंगलमा जानका लागि देखिएको पहिलो चुनौती भनेको विकिरण हो । यसलाई मानिसको आँखाले हेर्न सकिँदैन । मंगल ग्रहको आफ्नो कुनै चुम्बकीय क्षेत्र छैन । यस्तो अवस्थामा त्यहाँको खतरनाक ब्रह्माण्डीय विकिरणले मानिसको आँखामा मोतीबिन्दु तथा क्यान्सरसमेत लाग्न सक्छ ।
पृथ्वीबाट मंगल ग्रहको दूरी करिब १४ करोड माइल रहेको छ । चन्द्रमासम्म पुग्नका लागि अन्तरिक्ष यात्रीलाई मानिसलाई तीन दिनको यात्रा गर्नुपरेको थियो । तर, मंगल ग्रहसम्म पुग्नका लागि मानिसलाई महिनौंसम्मको यात्रा गर्नुपर्छ । यो आपैंmमा ठूलो चुनौती हो ।
अन्तरिक्षयात्री थोरै समय अन्तरिक्षमा बसेपछि उनीहरूको व्यवहारसम्बन्धी समस्या आउन थाल्छ । यसका लागि नासाको एक टिमले खोजी सृुरु गरेको छ ।
मंगल ग्रहमा मानिसलाई फरक किसिमको गुरुत्वाकर्षणको पनि सामना गर्नुपर्छ । पृथ्वीमा मानिसको वजन १ सय पाउन्ड अर्थात् ४५.३ किलो भएको मंगल ग्रहमा उनीहरूको ३८ पाउन्ड अर्थात् १७.२ किलो मात्रै हुन्छ ।
मंगलको तापमान तथा दबाब पनि मानिसका लागि एक ठूलो चुनौती हुन्छ । पृथ्वीको तुलनामा मंगल ग्रहमा चिसो, धुलोले भरिएको आँधी धेरै गुणाले बढी हुन्छ । गर्मीको समयमा मंगलग्रहमा अधिकतम तापक्रम ३० डिग्री सेल्सियस हुन्छ । तर, हिउदमा यहाँको तापक्रम माइनस १४० डिग्री सेल्सियस सम्म पुग्छ ।
मानिसलाई जिउँदो रहनका लागि अत्यावश्यक वस्तु भनेको अक्सिजन हो । तर, मंगल ग्रहमा यो कम हुने गर्छ । मंगलको वातावरणमा ९६ प्रतिशत कार्बनडाइ अक्साइड हुन्छ, १.९३ प्रतिशत आर्गन, ०.१४ प्रतिशत अक्सिजन तथा २ प्रतिशत नाइट्रोजन हुन्छ । साथै यहाँको वातावरणमा कार्बन मोनोअक्साइड पनि पाइन्छ । यस्तो अवस्थामा मंगल ग्रहमा मानिस केही घण्टासम्म मात्रै जीवित रहन सक्छ ।
यद्यपि नासका अनुसार २०३० सम्म अन्तरिक्ष यात्रीको एक दल मंगल ग्रहमा कदम राख्नेछ । युरोपेली अन्तरिक्ष एजेन्सी इएसएले पनि २०५० सम्ममा यस किसिमको अभियान सम्भव हुने बताएको छ ।