सेन्सेईको पर्व योजनाका विजेता घोषणा
काठमाडौं– सेन्साइले दसैंं, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको उपहार योजनाका विजेता घोषणा गरेको छ । जसअन्तर्गत बहुसंख्यक ग्राहकमध्येबाट भाग्यशाली विजेतालाई ६५इन्च को युयचडि टिभी हस्तान्तरण गरेको छ । चौधरी ग्रुपअन्तर्गतको सेन्साई ब्राण्डले उत्सव खुशियाली योजना सार्वजनिक गरेको थियो ।
यस योजनामा सहभागी हुन सेन्सेईको कुनै पनि घरायसी समानको खरिदगरी दिइएको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिन्थ्यो । सेन्सेईको ३२ इन्च टिभीको खरिदमा सिन्धुली निवासी कोमलबहादुर खत्रीले ६५ इचनको टिभी लक्की ड्रमार्फत प्राप्त गरेका छन् ।
चौधरी ग्रुपअन्तर्गत सेन्सेई ब्राण्डले टि.भी. वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । आगामी दिनमा ग्राहकको चाहनालाई ध्यान राख्दै सेन्सेई ब्राण्डले यस्ता योजनालाई निरन्तरता दिने जनाएको छ ।