Logo

एलजीको नानोसेल टिभी सार्वजनिक

काठमाडौं– चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टिभी सार्वजनिक गरेको छ । यो नयाँ थप टिभीले नेपालमा उपलब्ध एलजीको उन्नत टेलिभिजन मोडेलको दायरा बढाएको छ । जसमा ३२’ देखि ८६’ सम्मका ओएलईडी टिभी, क्यूएनईडी टिभी, युएचडी टिभी र स्मार्ट टिभीहरू समावेश छन् ।

एलजीको नानोसेल टिभीहरूमा विशेष नानोसेल लेयर प्रयोग गरिएको छ, जुन प्रविधिले उन्नत रङको शुद्धताका साथ तस्विरको गुणस्तरमा क्रान्ति ल्याएको छ । आइपीएस प्रविधिमा निर्माण गरिएको नानोसेल डिस्प्लेहरूले टोनको दायरा विस्तार गर्दछ, जीवन्त छविका लागि एक अर्बभन्दा बढी रङ सपोर्ट गर्दछ र वाइद भ्युइङ एंगल पनि प्रदान गर्दछ ।

त्यसैले, समूह भेला र साझा अवलोकन अनुभवहरूका लागि नानोसेल टिभी एउटा उत्कृष्ट विकल्प हो यसको आविष्कारले जीवन्त र गतिशील दृश्यहरूका लागि आरजिबि रङलाई अझ फिल्टर गरेर रातो र हरियो रङलाई परिष्कृत गर्दछ । अत्याधुनिक फोरके नानोसेल अल्फा फाइभ एआई प्रोसेसर जेन सेवेन टेक्नोलोजीले सुसज्जित यी नानोसेल टिभीहरूले जीवन्त तस्विर गुणस्तरका लागि एआई–संचालित फोरके अपस्केलिङ, एआई ब्राइटनेस कन्ट्रोल र नानो कलरको साथ इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ ।

एलजी नानोसेल टिभीले नेपाली बजारमा नवीनतम स्मार्ट टेक्नोलोजी पनि ल्याएको छ जसमा वेबओएस २४, एलजी थिनक्यू र अमेजन अलेक्सा, एप्पल एयरप्ले आदि जस्ता लोकप्रिय प्लेटफर्महरू सपोर्ट गर्दछ ।

प्रतिक्रिया दिनुहोस्