Logo

हिमालय सेक्युरिटिज बैंकरका ६ सञ्चालक नियुक्त

काठमाडौं– हिमालय सेक्युरिटिज बैंकरको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट दीपककुमार श्रेष्ठले पेश गरेका वार्षिक प्रतिवेदन, आ.व. २०८०/०८१ को वित्तीय लेखापरीक्षण प्रतिवेदन, सञ्चालकको नियुक्ती तथा प्रबन्धपत्र र नियमावलीमा संशोधन निर्णयसहित पारित भएका छन् ।

कम्पनीको अध्यक्षमा श्रेष्ठ, सञ्चालकमा सिताराम वाग्ले र आकांक्षा गुप्ता पुनर्नियुक्त भएका छन् । यस्तै थप स्वतन्त्र सञ्चालकमा बद्री सिग्देल र दिनेशकुमार लाल नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्