Logo

नेशनल लाईफको मिट द सीईओ कार्यक्रम

काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्कीमअन्तर्गतको लक्ष्य पूरा गर्ने अभिकर्तालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ सम्पन्न गरेको छ ।

कोशी प्रदेशबााट योग्य भएका ५५ जना अभिकर्ता, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखको सहभागितामा लक्ष्य पूरा गर्ने अभिकर्तालाई मायाको चिनो प्रदान गरिएको थियो । साथै स्किमा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्तालाई विशेष सम्मान गरिएको थियो ।

कम्पनीले कार्यक्रममा छनौट हुने सम्पुर्ण अभिकर्तालाई प्रदेशस्तरिय सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनौट हुने अभिकर्ता सम्मान गरेको जनाएको छ । नेपालभरबाट ३०० भन्दा बढि अभिकर्ता छनौट भएकोमा कोशी प्रदेशबाट ५५ जना छनौट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्