Logo

सिटिजन्स र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच बैंकका नेपाल पे मर्चेन्टका क्यूआरमा अलि पे प्लसको नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौताअन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका आन्तरिक भुक्तानी गर्ने क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्कमार्फत भुक्तानी गर्न सकिने छ ।

चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटलीलगायतका देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका भुक्तानी गर्न सकिने क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् । अलि पे प्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केटअन्तर्गत ३० भन्दा बढि इसुइङ उपकरण, ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् ।

एनसीएचएलले अदि पे प्लससँग अन्तर्राष्ट्रिय भुक्तानी साझेदारका रुपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्ने व्यवस्था मिलाइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्