बीवाईडीको एक करोडौं एनईभी उत्पादन
काठमाडौं– विश्वकै प्रमुख नयाँ ऊर्जा सवारीसाधन (एनईभी) र पावर ब्याट्री निर्माता बीवाईडीले ३०औं वार्षिकोत्सवको अवसरमा आफ्नो १ करोडौं एनईभी गाडी सियाओमो उत्पादन केन्द्रको शेन्जेन–शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो उपलब्धिले दिगो यातायातप्रतिको बीवाईडीको दृढ प्रतिबद्धता र अटोमोबाइल उद्योगमा विश्वव्यापी लिडरको रूपमा यसको स्थानलाई अझ बलियो बनाएको छ ।
कार्यक्रममा बीवाईडीका सभापति एवम् अध्यक्ष वाङ चुआनफुले प्रमुख मन्तव्य दिँदै कम्पनीको यात्रा सम्झिए । उनले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरू भई बुधबार विश्वभर लगभग १० लाख कर्मचारी भएका बहुराष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गरे । वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बीवाईडीको महत्त्वपूर्ण भूमिका रहेको जनाए ।
१ करोड नयाँ ऊर्जा सवारीसाधन उत्पादनको उपलब्धि बीवाईडीको दिगो विकासप्रतिको दृढ प्रतिबद्धताको प्रमाण हो । यस उपलब्धिलाई हासिल गर्ने बीवाईडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको छ । कम्पनीले पहिलो ५० लाख एनईभी उत्पादन गर्न १५ वर्ष लगाएको, तर त्यसपछिको अर्को ५० लाख उत्पादन मात्र १५ महिनामै गरी नयाँ ऊर्जा सवारीसाधन (एनईभी) र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण उल्लेखनीय रूपमा प्रस्तुत गरेको छ ।
१ करोडौं गाडी, डेन्जा जेठनाइन, गेम साइन्सका संस्थापक एवम् सीइओ तथा चर्चित खेल ‘ब्ल्याक मिथ: वुकोंग’ का स्रष्टा फेङ जीलाई प्रदान गरियो । वाबले बीवाईडीको सफलता साहसी दृष्टिकोण, निरन्तर कार्यान्वयन, र अटल धैर्यतामा आधारित भएको बताए । उनले कम्पनीको उपलब्धिको श्रेय यसको बलियो प्राविधिक क्षमता र गहिरो रूपमा गडेको इन्जिनियरिब कल्चर रहेको टिप्पणी दिए ।