रेन वाटर हार्भेस्टेङ प्रणाली टिचिङ हस्पिटलमा लागू «

रेन वाटर हार्भेस्टेङ प्रणाली टिचिङ हस्पिटलमा लागू

वर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टेङ) र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) कार्यक्रम स्मार्ट पानी प्रालिले बोर्टलस नेपालको सहयोगमा यो योजनालाई त्रिभुवन युनिर्भसिटी टिचिङ हस्पिटलमा हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रम फागुन १४ गते त्रिभुवन युनिर्भसिटि टिचिङ हस्पिटलमा भएको हो ।
सामाजिक अभियानमार्फत समाजमा सकारात्मक प्रभाव पार्न प्रतिवद्ध कोकाकोला कम्पनीले जल दक्षता, जल संरक्षण, जल प्रतिस्थापना र एकीकृत जल संशोधन व्यवस्थापनको निम्ती निरन्तर काम गर्दै आएको छ ।
त्रिभुवन युनिर्भसिटी टिचिङ हस्पिटलका निर्देशक प्रोफेसर डा. दीपक प्रकाश महराले भने पहिलो आरडब्लूएच र जीडब्लूआर योजना आफ्नै अस्पतालबाट सुरु गर्न पाएको भन्दै खुसी व्यक्त गरे । “हामी देशकै सबैभन्दा ठूलो र धेरै बिरामीलाई सेवा दिने केन्द्रमा रहेको चिरपरिचित अस्पताल हौं । यो सिस्टमले हामीलाई हाम्रो क्षमता वृद्धिमा निकै सहयोग पुग्ने विस्वास लिएका छौं,” उनले भने ।
कार्यक्रममा स्मार्ट पानी प्रालिका प्रबन्ध निर्देशक सुमन शाक्यले ८ वटा रेन वाटर हार्भेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज सिस्टम त्रिभुवन युनिर्भसिटी टिचिङ हस्पिटलसँग कोकाकोलाको सहकार्यमा सञ्चालन गरिएको जानकारी दिए । धेरै संस्थाहरुले यो प्रविधिलाई कार्यान्वयनमा लैजानु महत्वपूर्ण भइसकेको उनको भनाइ छ ।
बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सनेले सामाजिक कार्यप्रति प्रतिबद्ध रहेको भन्दै कम्पनी पानीको समस्या समाधानकोलागि सिर्जनशील समाधानको
खोजीमा रहेको बताए । “जमिनमुनिको पानी रिचार्ज गर्न हामी फरक कार्यक्रम र सहकार्यको खोजीमा छौं,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्