प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । साइबर ब्युरोका प्रवक्ता एवं एसपी दिपकराज अवस्थीका अनुसार साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंलाई अदालतले बुधबार ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले प्रसाईंलाई मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियाे । यसअघि कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडियो कलमार्फत् कसैले देखाएको अपुष्ट प्रमाण प्रसाईंले सार्वजनिक गरेका थिए ।