Logo

अपि इन्फ्राको १० तले अपार्टमेन्टको बुकिङ खुला

काठमाडौं– ललितपुरको झम्सिखेलमा आधुनिक जीवनशैलीका लागि अपि इन्फ्राले १० तले अपार्टमेन्ट निार्माण कार्य सुरु गरेको छ । निर्माणस्थलमा आयोजित विशेष पूजापाठ कार्यक्रमपछि अपि इन्फ्राले आफ्नो १० तले लक्जरी अपार्टमेन्ट परियोजनाको शिलान्यास गरेको छ ।

यो परियोजना १२० करोड रुपैयाँको लगानीमा निर्माण गरिने छ । ३ रोपनी क्षेत्रफलमा फैलिने यस परियोजनामा कुल ४३ युनिट रहने बताइएको छ । कम्पनीले बुकिङ खुला गरिसकेको छ, जहाँ हाल बुकिङ गर्नेले पार्किङ शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीकी कार्यकारी निर्देशक सिर्जना खड्काका अनुसार अपार्टमेन्ट निर्माण २ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । ‘झम्सिखेल जस्तो क्षेत्रमै यस्तो सुविधा सम्पन्न अपार्टमेन्ट पाउनु अबको दुर्लभ अवसर हो’ उनले भनिन्, ‘लक्जरी जीवनका लागि यो उपयुक्त विकल्प हो ।’

यो अपार्टमेन्ट अत्याधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्