इन्भेष्टमेन्ट मेगा बैंक र स्काईवाक टावरबीच सम्झौता
काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक टावर’मा विशेष छुट पाउने भएका छन् ।
इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र ‘वन्डर्स नेपाल काठमाडौंबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकलाई ‘स्काईवाक टावर’ प्रवेश शुल्कमा २० प्रतिशतसम्म छुट दिने भएको हो ।
एनआईएमबीका ग्राहकले एकदेखि पाँचजनासम्म टिकट खरिद गर्दा १५ प्रतिशत छुट र पाँच जनाभन्दा बढी संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । छुट लिन ग्राहकले एनआईएमबी डेबिट कार्ड वा एनआईएमबी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने बताइएको छ ।