एनसेल र नेपाल क्रिकेट संघबीच साझेदारी
काठमाडौं– एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच प्रिमियर लिग (एनपिएल) को ‘पावर्ड बाई’ प्रायोजनका लागि साझेदारीको घोषणा भएको छ । प्रायोजन सम्बन्धी यस साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाको विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ ।
व्यावसायिक फ्रेन्चाइजमा आधारित यो टी–२० प्रतियोगिता एनपिएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आवद्ध भएको छ । यसका लागि गत हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरे ।
प्रतियोगितामा सातै प्रदेशले आ–आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरूको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दैछन् । यसले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यो खेलकुद र नेपालसँगको अटुट सम्बन्धको कुरा हो ।मंसिर १५ देखि पुस ६ गतेसम्म नेपालमा सञ्चालन हुने प्रतियोगितामा आठ टिमका १६० खेलाडी ३२ खेलमा समावेश हुनेछन् ।
सबै खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ । आठ टिमले राउन्ड–रोबिन फर्माटमा प्रतिस्पर्धा गर्नेछन्, जसमा प्रमुख सहरहरू विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा र सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने टिमहरू छन् । एनसेल र एनपिसी नेपालको यस साझेदारीमार्फत, एनसेलले राष्ट्रिय पारा खेलाडीको समग्र तालिम, प्रशिक्षण र विकासमा सहयोग जारी राखेको बताइएको छ ।