जोरपाटीमा गरिमा विकास बैंक «

जोरपाटीमा गरिमा विकास बैंक

गरिमा विकास बैंकले शुक्रबार गोकर्णेश्वर नगरपालिक–५, जोरपाटीमा स्थापित जोरपाटी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले गरेका हुन् । कार्यक्रम विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सम्पूर्ण आधुनिक बैंकिङ सुविधासहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जोरपाटी शाखा कार्यालयले त्यस क्षेत्रको औद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पु-याउने विश्वास व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्