Logo

सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न

काठमाडौं- सानिमा बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार काठमाडौंको नक्सालमा रहेको अम्रपाली बैंङ्क्वेटमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो ।

बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताप पनि पारित भएको छ ।

आर्थिक बर्ष २०८०/८१ मा २ अर्ब ४० करोड खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब, कुल निक्षेप रु। १९९.३८ अर्ब तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश: ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्